अर्का माओवादी नेता भेटिनुभयो – भरतपुर, चितवनका ३५ वर्षीय नवीन गैरेजी । उहाँ नेकपा माओवादी केन्द्रको चितवन जिल्ला कमिटीमा हुनुहुन्थ्यो
आनन्दराम पौडेल
’धर्म, संस्कृति र राष्ट्र बचाउ महाअभियान नागरिक आन्दोलन’ मा माओवादीका नेताहरू नै सकृय छन् भन्ने त सुनिरहेका थियौं, हिजो त प्रत्यक्ष भेट भयो ।
शम्भु थापाजीसँग भेट भयो । उहाँ माओवादी पार्टीको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । २०७४ सालको सङ्घीय निर्वाचनमा ‘प्रचण्ड’ को लागि तथा विगतका दुईवटा स्थानीय निर्वाचनमा उहाँकी छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर पदमा जिताउन थापाजी अहोरात्र खटिनुभएको थियो।
अर्का माओवादी नेता भेटिनुभयो – भरतपुर, चितवनका ३५ वर्षीय नवीन गैरेजी । उहाँ नेकपा माओवादी केन्द्रको चितवन जिल्ला कमिटीमा हुनुहुन्थ्यो । त्यसअघि माओवादीकै भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को सचिवालय सदस्य हुनुहुन्थ्यो । २०७४ सालको सङ्घीय निर्वाचनमा प्रचण्डको लागि तथा विगतका दुई वटा स्थानीय निर्वाचनमा उनैकी छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर पदमा जिताउन गैरेजी अहोरात्र खटिनुभएको थियो।
प्रतिक्रिया दिनुहोस्