काठमाडौं, ८ मंसिर । दुर्गा प्रसाईँ नेतृत्वको गणतन्त्र विरोधि आन्दोलनमा सहभागि हुन तीनकुने आईपुगेका २६ जना पक्राउ परेका छन ।
आन्दोलनको नेतृत्वकर्ता प्रसाईं भने घरमै प्रहरीले नजरबन्दमा राखेको भन्दै भक्तपुरको निकोसेरास्थित आफ्नै घरमा बस्नुभएको छ । आन्दोलनमा आएका अराजक समुहको कारण आफू समस्यामा पर्ने निश्कर्षसहित प्रसार्य प्रहरीले घरको सुरक्षार्थ उभिदा नजरबन्द भनेर लुक्नुभएको हो ।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको हो । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताउनुभएको छ ।
तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना हुनुहुन्छ । पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्