जनता टाइम्स

१० मंसिर २०८०, आईतवार ११:४५

एमाले स्वयंसेकवले बनाइदिए ३४० बिद्यार्थी अध्ययन गर्ने बिद्यालयको अस्थायी कक्षा कोठा, शिक्षक–बिद्यार्थी सवै दंग


रुकुमपश्चिम, मंसिर १० । जाजरकोट भूकम्पले पूर्णरुपमा क्षती भई पठन पाठन ठप्प रहेको चाइना बगरस्थित भेरी दोभान माध्यमिक बिद्यालयमा नेकपा एमालेका स्वयंसेवकले अस्थायी कक्षा कोठा निर्माण गरेका छन ।

एमाले लुम्बिनीबाट खटिएका स्वयंसेवक टीमले बालबालिकाको पढाईका लागि अस्थायी कक्षा कोठा निर्माण गरेका हुन । एमाले केन्द्रीय सदस्य एवं बिपद ब्यवस्थापन बिभागका प्रमुख किरण पौडेलले जनताटाइम्स डटकमलाई दिनुभएको जाकनारी अनुसार लुम्बिनी प्रदेश टिम गुल्मीले सानी भेरी वडा न १ पश्चिम रुकुमको चाईना बगर स्थित पूर्ण रुपमा चर्किएर पठन पाठन बन्द रहेको भेरी दोभान माध्यामिक बिधालयका ३४० बिद्यार्थीहरुको लागि आस्थायी कक्षा कोठा निर्माण गर्ने काम काम सम्पन्न गरेको हो ।

‘अस्थायी कक्षा कोठा निर्माण भएको छ, अवको केही बेरको फिनिसिङपछि पठन पाठन सुरु हुने छ,’ पौडेलले भन्नुभयो ।