धनगढी, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली ‘झुलाघाट(चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ अभियानको उद्घाटन गर्ने कार्यक्रमका लागि बैतडी जिल्ला केन्द्रित भएको छ।
मंगलबार धनगढी पुगेको एमाले केन्द्रीय नेताहरु टोली आज ९बुधबार० बैतडी जिल्लामा केन्द्रीत भएको हो।
मंसिर १४ गते बिहिबार उद्घाटन हुने अभियानका लागि नेताहरु मंगलबार बिहान धनगढीबाट बैतडीतर्फ लागेको एमाले प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
प्रमुख गौतमका अनुसार अभियानको उद्घाटनका लागि पार्टी अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ९बादल०, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, डाक्टर राजन भट्टराईसहितको टोली मध्यपहाडी ९पुष्पलाल० राजमार्गको उद्घाटन गर्न आज धनगढीबाट बैतडीतर्फ लागेको छ।
बैतडी जाने सिलसिलामा विभिन्न ठाउँमा स्थानीय जनता, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्ने, त्यहाँका विकास निर्माण र जनताका समस्याका बारेमा जानकारी लिने कार्यक्रम रहेको नेकपा ९एमाले० सुदुरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले जानकारी दिनुभयो। अध्यक्षसहितको टोली आज बैतडीको गोठलापानी पुग्ने कार्यक्रम छ। अध्यक्ष ओलीसँगै एमालेका अन्य नेताहरु पनि आजै धनगढीबाट झुलाघाटतर्फ लागेका छन्।
‘१४ गते बिहान गोठलापानीबाट करीब १८ किलोमिटर टाढा रहेको झुलाघाट पुगेर करीब ८ः३० बजेतिर झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्ने तयारी भएको छ । त्यसपछि त्रिपुरासुन्दरीको मन्दिर हुँदैँ सहिद दशरथ चन्द्रको शालिकमा माल्यापर्ण गर्दै उहाँको निवास रहेको ठाउँको अवलोकनपछि गोठलापानीमै आएर जनसभा कार्यक्रम गर्ने तयारी भएको छ।’
एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ।













प्रतिक्रिया दिनुहोस्