बैतडी, मंसिर १४ । नेकपा एकीकृत समाजवादी बैतडीमा रित्तिएको छ ।
नेकपा एमालेले आजबाट सुरुगरेको झुलाघाट– चिवाभन्ज्याङ अभियानको क्रममा आज आयोजित सभामा नेकपा एसका केन्द्रीयसदस्य, जिल्ला अध्यक्षसहित सवै नेता–कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो ।
एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकामगोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, नेत्री पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किनुभयो।
यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमानिर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षरहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गर्नुभयो ।
पार्टीमा भित्रिएका नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गर्नुभयो ।आजको पार्टी प्रबेशसंगै माधव नेपालको नेकपा एस बैतड़ीमा रित्तिएको छ ।
प्रतिक्रिया दिनुहोस्