मुगु, मंसिर १६ । नेकपा एमालेको मुगु अध्यक्षमा पुर्ण रोकाया निर्बिरोध निर्वाचित हुनुभएको छ । शुक्रवार राती सम्पन्न अधिवेशनले रोकायाको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।
मंसिर ९ गते सदरमुकाम गमगढीमा शुरु भएको नवौ जिल्ला अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा रत्नसिंह बिष्ट, सचिबमा सुरेन्द्रबहादुर मल्ल, उप–सचिब मदन बानियाँ र होईजाली विकलाई चयन गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो ।
‘सर्वसम्मत नेतृत्व छनोटका लागि भएको लामो प्रयासले रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ,’ एमाले पोलिटव्युरो सदस्य मोहन बानियाले भन्नुभयो, ‘बाँकी जिल्ला किमिटमा जिल्लाके भूगोल, अन्य पार्टीबाट आउने नताहरुको व्यवस्थापनका लागि भनेर केही सिट बाँकी राखेर जिल्ला कमिटी निर्वाचित गरिएको हो ।’
एमाले मुगुको नवौं जिल्ला अधिवेशन पार्टीका महासचिव शंकर पोखरेलले एक भव्य कार्यक्रमबीच उदघाटन गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्