जनता टाइम्स

१६ मंसिर २०८०, शनिबार १०:३०

एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली साजघाट पुग्दा जे देखियो (फोटोफिचर)


डोटी, मंसिर १६ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ संमृद्धिका लागि संकल्प यात्राको तेस्रो दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली डोटीबाट अछामतर्फ प्रस्थान गरेको छ ।

डोटीको सिलगुढीमा बास बसेको अध्यक्ष ओली नेतृत्वको एमाले टोली आज डोटीका अन्य भाग हुँदै अछामतर्फ प्रस्थान गरेको हो । एमाले अध्यक्ष ओली नेतृत्वको टोली सिलगुढीबाट अहिले डोटीको साजघाट आइपुगेको छ । टोलीलाई स्थानीयवासीले भब्य स्वागत गरेका छन ।

एमाले अध्यक्ष ओली साजघाट पुग्दा हामी केपी ओलीलाई स्वागत गर्न्या बस्याको भन्दै स्थानीयवासी सडकमा उभिएर स्वागत गरेका थिए । झुलाघाटबाट अघि बढेको एमाले टोली पहिलो दिन अर्थात १४ गते डडेलधुराको अमरगढीमा बास बसेको थियो । १५ गते डोटी आइपुगेको टोली आज तेस्रो दिन अछामको मंगलसेनतर्फ अघि बढेको हो ।