काठमाडौं, मंसिर २२। गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् ।
समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिनुभएको हो । कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालका अनुसार चारै जना नेताको नाम समानुपातिक सूचीबाट फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न समानुपातिक सूचीबाट नाम फिर्ता लिएको बताइएको छ ।
फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरुले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्