जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार १९:२१

बिद्युत प्राधिकरणको चरम लापर्वाही : बिजुलीको तार चुँडिएर खसेपछि खेत जोतिरहेका किसानको मृत्यु


रौतटह, मंसिर २३ । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका– ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित हुनुहुन्छ ।

खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरुको पनि ज्यानगएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर लागेपछि करेन्टले घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको बताएका छन ।