जनता टाइम्स

२४ मंसिर २०८०, आईतवार १६:१३

एमाले टोली सिन्धुपाल्चोक प्रवेश गर्दा जे देखियो (फोटोफिचर)


सिन्धुपाल्चोक, मंसिर २४ । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली सिन्धुपाल्चोक प्रवेश गरेको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पदाधिकारीसहित शीर्ष नेता सहभागी यात्राको टोली केहीबेर अघि सिन्धुपाल्चोकको मेलम्चीस्थित बाहुनेपाटी पाटीहुँदै सिन्धुपाल्चोक प्रवेश गरेको हो ।

टोली सिन्धुपाल्चोक प्रवेश गर्दा बृद्धाबृद्धाहरु अध्यक्ष ओलीको तस्विर लिएर स्वागतका लागि बस्नुभएको थियो । आफ्नो ठाउँमा मनपर्न नेता आएकोले स्वागत गर्न र आशिर्वाद दिन आएको उहाँहरुको भनाई थियो ।