जनता टाइम्स

२९ मंसिर २०८०, शुक्रबार ०७:३४

केपी ओलीको जन्मस्थल पुग्दै एमाले संकल्प यात्रा टोली, यस्तो छ आजको कार्यक्रम


तेह्रथुम, मंसिर २९ नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्राआज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ

तेह्रथुमको बसन्तपुरबाट अहिले बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको पर्यटकीय स्थलसंक्रान्ती बजारमा पुगेर बास बस्नेछ

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बसन्तपुरबाट सुरु हुने यात्रातेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम उक्त स्थानमा स्थानीय बासिन्दा,राजनीतिक दलका नेताहरु,जनप्रतितिनिधीसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम त्यहाँबाट अघि बढेको टोली तेह्रथुमकै औंशी डाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या विकासका सम्भवना बारे छलफल गर्ने तयारी

यस्तै साँझ संक्रान्ती बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिनुभयो आजको यात्रादिनभर तेह्रथुम जिल्ला भित्रै हुनेछ यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ

मध्यपहाडका समस्याको पहिचान तिनको समाधानका उपाय पहिल्याउन एमालेले मध्पहाडीराजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा तय गरेको हो १९ दिने यात्राको आज १६ औं दिन हो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यात्रामा एमालेको केन्द्रीय सचिवालयका सबैपदाधिकारी सहभागी रहनुभएको