पाँचथर, मंसिर ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा पहाडको अवस्था र समस्या बुझेको बताउनुभएको छ ।
अभियान अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा एमाले सफल भएको बताउनुभयो ।
नेकपा एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले अब एमालेलाई त्यतिले मात्र नपुगेको बताउनुभयो । देश विकासको लागि एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसले एमालेले मिसन २०८४ भनेको उहाँले सुनाउनुभयो ।
नेकपा एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको उहाँले प्रष्ट पार्नुभयो । त्यसको लागि एमालेलाई प्रमुख र बलिया राष्ट्रिय शक्ति बनाउन उहाँले आग्रह गर्नुभयो । ‘एकल बहुमतको सरकार बिना यो समस्या समाधान हुँदैन’, उहाँले भन्नुभयो ।
देशमा राजनीतिक, अस्थिरता, अन्योल र अराजकता बढ्दै गएको ओलीले बताउनुभयो । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उहाँले बताउनुभयो । ‘देश कंगाली तर्फ धकेलिँदै छ’, उहाँले भन्नुभयो ।
एमाले देशको रक्षाको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । आज सरकारको अयोग्यताको कारण देश नै संकटमा परेको ओलीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्