काठमाडौ., २ पुस । नेकपा (एमाले)का निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाई दिएको विषयमा केपी ओलीको नाम जोडेर कतिपय खेतिपाती चलाइरहेका छन् । केपी ओली सत्तामा हुनुहुन्न । तै पनि राति सुत्न छाडेर, खान छाडेर उहँलाई र एमालेलाई बद्नम गर्न लागिपरिरहेका छन् एकथरी मान्छे । हुँदा हुँदा अब केपी ओलीले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको मुद्दासंग सांसद कोइरीको मुद्दा लेनदेन गरेको भन्ने श्यालहुइयाँ चलाएका छन् ।
कानुनको सामान्य जानकारी राख्ने मान्छेले पनि सहजै बुझ्न सक्छ, राजनीतिक दलको सहमति र अदालतको मुद्दामा कुनै साइनो हुँदैन । लेनदेन वा सट्टापट्टा गर्ने गर्ने नै वा त्यसो गर्न पाइने भए बालकृष्ण खाँणसंग टोपबहादुरको लेनदेन हुन्थ्यो होला । कहाँको टोपबहादुर कहाँका कोइरी ? टोपबहादुर एमालेका सचिव, अफ्ठ्यारो परिस्थितिमा आफ्नो हुँदाखादाँको सांसद पद धरापमा पारेर ओलीलाई साथ दिनुभएको मान्छे । उहाँले टोपबहादुरको नाम लिंदै भन्नु पनि भएको छ ‘एमालेलाई थुन्ने विभागीय मन्त्री छुटने सेटिङ नभए के हो ?’
खाँण धरौटीमा रिहा हुनु र कोइरीले सफाइ पाउनु एकै दिन पर्नु संयोग बाहेक केही देखिदैन । काठमाडौं जिल्ला अदालतले खाँणलाई ३० लाख धरौटी लिएर जेलमा बास बस्नु नपनेृ गरी रिहा गरेको मात्र हो । खाँणले सफाइ पाउनु भएको होइन । बरमै सुतेर अदालत धाउन पाउने व्यवस्था मात्र भएको हो । त्यो व्यवस्था टोपहादुर रायमाझीको हकमा पनि गर्न सकिन्थ्यो । तर यहाँ पुर्वाग्रहको गन्ध आयो ।
जहाँसम्म सांसद कोइरकिो कुरा छ उहाँलाई महोत्तरी जिल्लाअदालतले निर्दोष ठहर्याएर सफाई दिएको हो । कोइरी र अध्यष ओलीको भेट मनोनयन दर्तापछि मात्र भएको हो । त्यसअघि उहाँहरूबीच न चिनजान र भेटघाट । प्रतिनिधिसभा सदस्यको मनोनयन दर्तागर्नुभन्दा एक मिनेट अघिसम्म कोइरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा हुनुहुन्थ्यो । २०७४ सालमा उहाँ जसपाबाटै प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो कोइरी । यस पटक पनि जसपाले छुट्टै उम्मेदवार िदिने भएको भए उहाँ एमालेमा आउनु नै हुन्थेन । एमाले –जसपा तालमेलले महोत्तरी –१ एमालेको भागमा पर्यो र उहाँ मालेको टिकटमा चुनाव लड्नुभयो र जित्नु भयो । भोली एमालेले टिकट नदिंदा उहाँ के गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन भने एमाले अध्यक्ष ओली यत्ति अबुझ हुनुहुन्छ र ?
सांसद कोइरीले सफाई पाउनुमा एउटै कारण छ त्यो भनेको जुनमु२ा उहाँलाई लगाइएको थियो त्यसमा प्रमाण नपुगेर हो । अर्थात नखाएको विष नलागेको हो । २०७७ सालमै उहाँ र अहिले सो मुद्दामा जन्म कैदको सजाय तोकिनेहरूलाई जिल्ला अदालतले साधारण तारेखमा छाडेको थियो । जिल्ला अदालतले जस–जसलाई साधारण तारेखमा छाडेको थियो ती सबैविरुद्ध सरकारी वकिलले उच्च अदालत जनपुरमा पुनरावेदन गरे । उच्च अदालतले अन्यको हकमा जिल्लाकै निर्णय मानेको भए पनि कोइरीको हकमा तारेख गुजारेर अदालतसमेतको अवहेलना गरेको देखिएकाले थुनामा राखेर पुर्पक्ष गर्नु भनेर निर्णय सुनाएको थियो ।
उच्चले मुद्दाको अन्ति किनारा लगाएको होइन उसले त खाली साधारण तारेखमा छाड्ने जिल्लाको निर्णय ठिक बेठिक मात्र हेरेको हो । मुद्दा त जिल्ला अदालतमा विचाराधिन नै थियो । अलिे जिल्लाले फैसला सुनाउँदा सांसद कोइरीलाई निर्दोष र यसअघि साधारण तारेखमै छुटेका लोसपाका प्रदेश संसदीय दलका नेता अभिराम शर्मालगायत ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । संविधान जारी भएछि त्यसमाविरुद्ध मधेसमा भएको आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विक मारिएका हुन् । जुन आन्दोलनमा जसपामै भए पनि साँसद कोइर िनिष्कृयजस्तै थिए ।
अर्को पक्ष भनेको थमन विकको घटना सुनियोजित नभई आकस्मिक थियो । आन्दोलन चर्केको थियो प्रहरीको गोलीबाट आधा दर्जन आन्दोलनकारी मारिएका थिए । जलश्वरमा कफ्र्यु लागेको थियो । आन्दोलनकारीको आक्रोश चुलिएको थियो । यस्तैमा जलेश्वर सदरमुकाम बाहिर गाउँको पोष्टमा खटिएका विक एक्लै सदरमुकामस्थित सशस्त्र प्रहरकिो जिल्ला कार्यालय आएका थिए । आन्दोलनकारीले एक्लो प्रहरी देखेर उनीमाथि खनिए । सहस्त्रले उनलाई गर्यो र एम्बुलेन्समा राखेर जनकपुर अस्पताल उपचारार्थ पठायो । जनकपुर –जलेश्वरको मुख्य सडक राजमार्ग आन्दोलनका कार अवरुद्ध थियो । त्यसैले विकलाई भित्रीबाटबाट लगिएको थियो बीच बाटोमा आन्दोलनकारीले घेरेर विकको हत्या गरियो ।
घटनास्थल जलेश्वबाटै लगभग १० किमिजतिको दुरीमा पर्छ । अहिले जन्मकैदको सजाय पाउनेहरू जलेश्वर र त्यस आसपासका वासिन्दा हुनुहुन्छ भने सांसद कोइरीको घर जलेश्वरबाट ४० किमिभन्दा बढीमा पर्छ । आकस्मिक घटनामा जलेश्वरका मानिस त सनुखडा भन्ने गाउँ घटनास्थल पुग्न लगभग असम्भव छ भने ४० ििकमिभन्दा टाढाको मानिसको कसर िसंलग्नता हुनसक्छ । त्यो पनि निस्कृयजस्तो भएको मान्छे ?
जे कुरामा एमाले अध्यक्ष ओलीलाई जोड्नु वा बद्मान खाड्नु भनेको एमाले र ओलीको त्रास हो भय हो । यसले एमालेका कार्यकर्तामा अझ बढी उर्जा दिने काम गर्छ । यसले जनता एमालेमा आउने र नेता–नेताको गठबन्धन मात्र रहेर अर्को पटकको निर्वाचनमा स्वाहा हुने खेती किन गरेको बुझिनसक्नु छ । आरामले सुत्नुहोस्, पेटभरी खानुहोस् स्वास्थ्यको ख्याल राख्नुहोस् । ओली सत्तामा पुगेपछि खेदो खन्नुहोला !













प्रतिक्रिया दिनुहोस्