रामेछाप, पुस ३। लिखुतामाकोशी गाउँपालिका –७ मा स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति निवेद दिएपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी पराजुलीले बताउनु भयो ।
अभियुक्त सार्कीले गत मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेको पीडितको भनाई उधृत गर्दै प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्