विराटनगर, ३ पुस । मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रालाई पहिचानको नाममा अवरोध गर्ने प्रयास भए पनि जनतामा पहिचानको मुद्दाको खासै प्रभाव नदेखिएको नेकपा एमालेका महासचिव शंकर पोखरेल बताउनुभयो ।
कोशी प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको भन्दै उहाँले जनतामा गइसकेको एजेन्डा एमालेले नछाड्ने बताउनुभयो ।
महासचिव पोखरेलले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह गर्नुभयो । पहिचानको मुद्दा समाधान गर्ने एमाले नै भएको बताउँदै उहाँले जनताबाट अस्विकृत भएको एजेन्डा नबोक्न पनि आग्रह गर्नुभयो ।
पहिचान पक्षधरले एमालेले यात्राका क्रममा स्वागत गरेर आफ्ना एजेन्डा राख्नुको साटो विरोध गरेर जनतासँगको दुरी बढाएको उहाँको भनाइ छ । धनकुटाको लेगुवामा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्न खोज्दा गोपाल किराँतलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्