जनता टाइम्स

३ पुष २०८०, मंगलवार १६:२५

बीर अस्पतालका निर्देशक डा. पौडेल हटाउने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय बदर, पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं, पुस ३ । सर्वोच्च अदालतले बीर अस्पतालका निर्देशक हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

मन्त्री बस्नेतले गर्नुभएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने निर्णयलाई कार्यान्वयन नगर्न सर्वाेच्चले आदेश दिएको हो ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक पौडेल पुनर्वहाली पुरानै पदमा यथावत रहनुभएको छ ।