काठमाडौं, पुस ३ । नेकपा एकीकृत समाजवादीले जिल्ला र नगर अधिवेशन स्थगित गरेको छ । आज बसेको सचिवालय बैठकले तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
नेकपा एसका सचिव जीवनराम श्रेष्ठका अनुसार माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकले अधिवेशनको मिति तोक्ने निर्णयसहित सवै अधिवेशन स्थगित गरेको हो ।
बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको श्रेष्ठले बताउनु भयो । नेकपा एसमा बिधानको बिषयलाई लिएर चर्काे लफडा देखिएको छ ।
आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो ।
एसमा आगामी महाधिवेशनमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वमा जानको लागि मैदान खाली राख्नको लागि उमेद हदको नयाँ प्रस्ताव पेश भएको छ ।
प्रतिक्रिया दिनुहोस्