जनता टाइम्स

५ पुष २०८०, बिहीबार १६:४२

मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री दाहाल असन्तुष्ट, पार्टी बैठकमा दिए अधा मन्त्री हटाउने संकेत


काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काममा जिम्मेवार बन्न नसकेको र कमिशनको खेलमा लागेको आशंका ब्यक्त गर्दै मन्त्रीहरुसँग चिढिनु भएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न दिइएको निर्देशनअनुसार काम नगरे फायर गर्ने चेतावनी पनि दिनुभएको छ । सरकार गठनको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री दाहालले केही मन्त्रीहरुको काम बिल्कुलै सरकारको योजनाबिपरित रहेको भन्दै हटाउने संकेतसहित आक्रोश पोख्नुभएको हो ।

दाहाल गत बर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका दाहाल केही समयपछि नै पुरानो कांग्रेस नेतृत्वको गठबन्धनमै फर्किएर सरकार चलाइरहनु भएको छ । पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ चाल्ने योजनामा रहेको जानकारी दिनुभएको छ ।

‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु । भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु,’ बैठकमा प्रधानमन्त्री दाहालको भनाई थियो । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आधा मन्त्री हटाउने संकेत दिनुभएको छ । काम नगर्ने तर सधै चर्चामा आउने सुदन किरातीदेखि उपप्रधान तथा गृहमन्त्रीलाई हटाउने प्रधानमन्त्रीको योजना रहेको स्रोतको भनाई छ ।