जनता टाइम्स

७ पुष २०८०, शनिबार ०९:३३

अखिलको गण्डकी अध्यक्षमा प्रविन चयन


कास्की, पुस ७ । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गण्डकी अध्यक्षमा प्रविन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । प्रथम गण्डकी प्रदेश कमिटी अधिवेशनबाट गोरखा श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

पोखरामा शुक्रबार र शनिबार चलेको प्रदेश अधिवेशनबाट प्रवीणको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत भएको हो ।अधिवेशनले कास्कीका सुशन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली उपाध्यक्ष र नवलपुरका सुरज सापकोटा सचिव चयन गरेको छ यस्तै कृति भट्टराई, अनिल कुवर, स्विकार पोखरेल र दिनानाथ लामिछाने उपसचिव र विक्रम क्षेत्री कोषाध्यक्ष चुनिनुभएको छ ।