पोखरा, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहनुभएका लामिछानेमाथि एक युवकले खोया प्रहार गर्नुभएको हो । उहाँ बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताउनुभएको छ ।
ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएका छन् । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
‘उहाँ मकै खाएर बस्नु भएको रहेछ । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उहाँले भन्नुभयो , ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।’ प्रत्यक्षदर्शी सौगात पोखरेलका अनुसार उहाँले ताकेरै लामिछानेलाई प्रहार गर्नुभएको थियो । ‘हानेको हो । हामीले देखेका थियौं,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्