काठमाडौं, ८ पुस । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । उहाँ १९ वैशाख २०८० मा निलम्बनमा पर्नुभएको थियो । आइतबार उहाँको निलम्बन फुकवा भएको हो । हत्या अभियोगमा अदालतले सफाइ दिएपछि उहाँको निलम्बन फुकुवा भएको हो ।
२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा पुर्पक्षका लागि जेल राख्न आदेश दिएकै समयमा कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
निर्वाचित भएपछि प्रतिनिधि सभाका केही बैठकमा उपस्थित भएर प्रधानमन्त्रीको निर्वाचनमा मतदान पनि गर्नुभएका उहाँ फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्क बिहीन हुनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्