नवलपरासी, पुस ९ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं १ को खहरे जंगलमा सासु बुहारीको शव फेला परेको छ ।
स्थानीय २८ वर्षीया विष्णु पौडेल र ६० वर्षीया सासु मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
स्थानीयको भनार्ए उधृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार पौडेल सासु बुहारी आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा ल्याएर राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्