काठमाडौं, पुस ९ । संक्रमणकालीन न्यायासम्बन्धी विधेयक (टीआरसी) लाई आगामी संसद बैठकमा अगाडि बढाउने तीन दलका शीर्ष नेताहरूबीच समझदारी बनेको छ।
सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबी समझदारी बनेको हो।
प्रमुख प्रतिपक्षी दलका सचेतक पदम गिरीले सरकार पीडितलाई न्याय दिनेगरी कानुन बनाउने तयार देखिएकाले यसलाई आगामी संसद बैठकमा लैजाने सहमति बनेको बताउनु भयो । उहाँका अनुसार आगामी संसद बैठकमा टीआरसी विधेयक अगाडि बढने छ ।













प्रतिक्रिया दिनुहोस्