जनता टाइम्स

१० पुष २०८०, मंगलवार ०९:५१

एमाले बागमति सम्पर्क कमिटी अध्यक्षमा ठकुरी पुनः निर्वाचित, यी हुन चुनावबाट छानिएका पदाधिकारी


काठमाडौं, पुस १० । नेकपा एमाले बागमति प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुनः निर्वाचित हुनुभएको छ ।

गएराती सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी बिवेक शर्मा (बिष्णु खनाल)लाई पराजीत गर्दै अध्यक्षमा पुनः बिजयी हुनुभएको हो ।

यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचत हुनुभएको छ ।
एमाले बागमति सम्पर्क कमिटीमा सहमति जुटन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।