जाजरकोट, पुस ११ । राष्ट्रिय युवा नेपालले भूकम्प प्रभावित जिल्ला जाजरकोटको बारेकोटगाउँपालिकामा थप ८२ वटा अस्थायी आवास निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको छ।
पार्टीको स्वयमसेवी अभियानअन्तर्गत युवा संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, उपाध्यक्षगणेशबहादुर शाहीसहितको टोलीले बारेकोटको सिल्पाचौरमा २२ दिनमा अस्थायी आवास निर्माणगरेर स्थानीयलाई हस्तान्तरण गरेको हो।
हस्तान्तरण गरिएकामध्ये ६१ वटा आवासको लागि युवा संघ आफैले निर्माण सामाग्रीको व्यवस्थापनगरेको थियो। अभियानका क्रममा ११ वटा जोखिमपूर्ण भग्नावशेष हटाइएको, ५ वटा सार्वजनिकशौचालय र एउटा अस्थायी विध्यालयको टहरा निर्माण गरिएको युवा संघ कर्णाली प्रदेश उपसचिवबद्री बोहराले जानकारी दिनुभयो ।
अस्थायी आवास हस्तान्तरण कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले गतकात्तिक १७ गते भूकम्पको केन्द्रबिन्दु समेत रहेको जोखिम क्षेत्रमा पुगेर युवासंघले गरेको कामकोप्रशंसा गर्दै अस्थायी आवास निर्माणले त्यस क्षेत्रका प्रभावित नागरिकलाई राहत पुगेको बताउनुभयो।
अध्यक्ष शाहले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर स्वयसेवीको रूपमा काम गर्ने एमाले एकमात्र पार्टीभएको बताउनुभयो ।
















प्रतिक्रिया दिनुहोस्