जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १२:५५

राजधानीको बालकुमारीमा जलाइयो मन्त्रीको गाडी


काठमाडौँ, १३ पुस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।