जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १६:१६

दुई दिन सार्वजनिक बिदा थपियो


काठमाडौं, १३ पुस । सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिनुभयो।

“साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।