काठमाडौं, १३ पुस । बालकुमारीमा प्रदर्शनमा क्रममा दुईजनाको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार प्रहरी नायब महानिरीक्षक लाममणि आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य हुनुहुन्छ ।
उहाँहरूलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्