बिराटनगर, पुस १५ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो आपत्तिजनक बिज्ञप्ती सच्याउनु भएको छ ।
बेनामे प्रदेशको लेटरप्याडमा मुख्यमन्त्री लेख्दै तमु ल्होसारको शुभकामना दिनुभएका मुख्यमन्त्री कार्कीले चौतर्फी आलोचना भएपछि पुरानो शुभकामना सच्याएर काशी प्रदेश राखेर नयाँ शुभकामना सन्देश जारी गर्नुभएको हो ।
कार्कीले आज बिहान पहिलो पटक कोशी प्रदेश भन्ने नाम नराखी सन्देश दिनुभएको थियो । कार्कीको सो काम आपत्तिजनक भन्दै कोशीसहित सवैतिरका नागरिकले आपत्ति जनाएपछि गल्ती स्वीकार गर्दै सच्याउनु भएको हो । मुख्यमन्त्री कार्कीले आफ्नो सचिवालयले त्रुटी गरेको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्