काठमाडौं, पुस १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोडदै आफै धर्नामा सहभागी भएपछि मन्त्री अनितालाई आज माइतीघरमण्डलाबाट प्रहरीले पक्राउ गरेको हो । धोती दिवस मनाउन माइतीघरमण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले मन्त्री अनितासहित जनमत पार्टीका अध्यक्ष सिके राउत तथा सो पार्टीका अरु नेताहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उहाँलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो । साँझसम्ममा सवैलाई छाडिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्