काठमाडौं, पुस २१ । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रघाती नै हो भन्ने प्रमाणित गरेको ठोकुवा गर्नुभएको छ ।
नेता रावलले प्रधानमन्त्री दाहालले भन्ने गरेको शब्दलाई नै उधृत गरेर राष्ट्रघाती प्रमाणित भएको ठोकुवा गर्नुभएको हो । रावलका अनुसार प्रधानमन्त्री दाहाल राष्ट्रिय हित विपरीतको सम्झौताको कल्पना नगर्ने तर विदेशीका सामु लम्पसार परेर राष्ट्रघाती सम्झौता व्यवहार मै कार्यान्वयन गर्ने पात्र रहेको प्रमाणित भएको छ ।
रावलले लेख्नुभएको छ, ‘प्रमं प्रचण्डले भनेको ’तीव्र गति’ राष्ट्रघाती सम्झौतामा प्रकट भएको छ । उनले संसदीय समितिमा राष्ट्रिय हित विपरीतको सम्झौताको’कल्पना गर्न नसकिने’ भनेछन । हो, उनले राष्ट्रघाती सम्झौताको कल्पना गर्दैनन, विदेशीका सामु लम्पसार परेर राष्ट्रघाती सम्झौता व्यवहार मै कार्यान्वयन गर्छन ।’
प्रतिक्रिया दिनुहोस्