जनता टाइम्स

२२ पुष २०८०, आईतवार ०८:०५

१ सय ३० युवा ब्यवसायी एमाले प्रवेश


काठमाडौं, पुस २२ । युवा व्यवसायी प्रकाश साह नेकपा एमाले मा प्रवेश गर्नुभएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शनिवार आयोजित बिशेष कार्यक्रममा शाहसहित १ सय ३० जना स्वतन्त्र युवा व्यवसायीहरु एमालेमा प्रवेश गर्नुभयो ।

युवा ब्यवसायीहरुलाई एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव बिष्णु रिमालले खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । युवा व्यवसायीहरूको पार्टी प्रवेशलाई केन्द्रीय सदस्य प्रेम तामाङले सहजीकरण गर्नुभएको थियो ।

एमाले प्रवेश गर्नुभएका स्वतन्त्र युवा ब्यवसायीहरुले एमालेले उद्यमी ब्यवसायीको समस्या बुझेर काम गर्ने तथ्यबारे जानकार भएपछि आफूहरु आकर्षित बनेको बताएका छन ।