जनता टाइम्स

२२ पुष २०८०, आईतवार ०८:२५

त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रद्द


काठमाडौं, पुस २२ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ ।

नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको शनिवार अर्थात पुस २१ गते बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो । विश्वविद्यालयको कुनै पदमा तीन वर्ष काम गरेको हुनै पर्ने प्रावधान राखिएपछि विवाद भएको थियो ।

सो बिषयमा अनेरास्वबियुलगायतका बिद्यार्थीसंगठनले कडा आपत्ति जनाएपछि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड सच्याउन निर्देशन दिनुभएको थियो ।

सो निर्देशनपछि शनिवार नै बैठक बसेर स्थगित गर्ने निर्णय गरेको हो । अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।