जनता टाइम्स

२२ पुष २०८०, आईतवार ०९:५८

अपमान भयो भन्दै तीन दलको बैठकबाट रिसाएर हिडे माधव नेपाल


काठमाडौं, पुस २२ । सत्तारूढ गठबन्धनको बैठक राष्ट्रिय सभा चुनावका नेकपा एकीकृत समाजवादीलाई हैसियत सम्झाएर पठाएको छ । सिटको भागबण्डामा सो पार्टीका अध्यक्ष माधव नेपालले बढी दावी गरेपछि आफ्नो हैसियत हेर्नोस भन्दै अपमान गरेको हो ।

माधवलाई दिएको सिटमा चित्त बुझाउन भनेपछि रिसाएर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका छन । स्रोतका अनुसार सुदूरपश्चिममा महिला माओवादी र पुरूष कांग्रेसको भागमा परेको छ । लुम्बिनीमा महिला कांग्रेसलाई र पुरूष माओवादीले पाउने छ । यस्तै कोशीमा महिला माओवादी र पुरूष कांग्रेसलाई दिने गरी भाग लगाइएको छ ।

सहमति अनुसार मधेसमा महिला जसपाले पुरूष र कांग्रेसले महिला सदस्य पाउने छ । बाग्मती र गण्डकीमा माधव नेपाल पनि समेट्नुपर्ने भएकाले शनिवार टुंगिएन । आइतबार बिहान माधव नेपाललाई राखेर जसरी पनि सहमति गर्ने एक नेताले बताए ।

माधव नेपालले तीन सिटमा दावी गरेका छन् । तर कांग्रेस र माओवादीले हैसियतअनुसार एक सिट पनि नपाउने तर आफूहरु दूई सिट दिन तयार भएको बताएका छन । कांग्रेसले १० सिट र माओवादीले ५ सिट पाउने आपसी सहमति भएको छ ।

साना दलहरू जनमत, लोसपा र राष्ट्रिय जामोर्चाले भने भाग नपाउने भएका छन् । १ सिट दावी गर्दै आएका ती दफका अध्यक्ष माग पूरा नभएपछि विच्किएर वैठक छाडेर हिँडेका थिए । प्रमुख तीन दलले उनीहरु रिसाएर हिडे पनि आफ्नो अडानमा यथावत रहने सहमति पनि गरेको छ ।