काठमाडौं, पुस २२ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचनमा पराजीत भएकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको छ ।
गत निर्वाचनमा प्यूठानबाट भारी मतले पराजीत नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी पत्नी पौडेललाई सांद बनाउनै पर्ने भन्दै राष्ट्रपतिले मनोनीत गर्ने बिज्ञको कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति सत्ता गठबन्धनका नेताहरुले गरेका हुन । पौडेल एमाले नेता सूर्य थापासँग पराजीत हुनुभएको थियो ।
सरकारमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे यस्तो सहमति जुटेको हो । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।
राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको बैठक निरन्तर बस्दै आएको छ । आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ ।
कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्