काठमाडौं, पुस २२ । नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय सचिवालयको निर्देशनअनुसार बागमती प्रदेश कमिटीले तीन जनाको नाम टुंगो लगाएको हो ।
एमाले बागमतीका उपसचिव एवं प्रचार बिभाग प्रमुख भक्तकुमारी लामाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार पार्टी सचिवालयको निर्देशनअनुसार बागमतीमा रिक्त रहेको चार सदस्यका लागि चार जिल्लाबाट एक–एक जनाको नाम तय गरिएको हो ।
जसअनुसार दोलखाका रोचकुमारी चौलागाई, काठमाडौंका बिवेक दवकोटा, चितवनका त्रिलोचन निर्मल पौडेल र धादिङका ध्रुव बिश्वकर्मा रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्