जनता टाइम्स

२२ पुष २०८०, आईतवार २१:३३

राष्ट्रियसभा उम्मेदवारलाई लिएर कांग्रेसमा चर्काे बिवाद, बैठक नै छाडेर हिडे शेखर


काठमाडौं, पुस २२ । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बनाउने बिषयलाईलिएर सत्तारुढ नेपाली कांग्रेसमा गम्भीर बिवाद देखिएको छ ।

आफ्नो समूहले मागेको ४ सीट नपाएपछि बैठक नेता डा. शेखर कोइराला बैठक नै छोडेर हिँडेपछि बिवाद छताछुल्ल भएको हो । सभापति शेरबहादुर देउवासँग रिसाएर बैठक छाडी हिडनुभएका नेता कोइरालाले अलग छलफल थाल्नुभएको छ । यता संस्थापन पक्षले पनि आफ्नो छुट्टै छलफल अघि बढाएको छ ।

राष्ट्रियसभामा आफूहरुले ४ सीट मागेकोमा सभापति शेरबहादुर देउवाले ३ सीट मात्रै दिने भएपछि कोइराला निस्केर हिँडनुभएको हो । कोइराला ४ सीट दिने भए बैठकमा आउँछु नभए आउँदिनँ भन्दै निस्किनुभएको हो ।

त्यसपछि सभापति देउवा र कोइराला पक्षको बेग्लाबेग्लै छलफल सुरु भएको हो । देउवा समूहको छलफल कार्यकक्षमै चलिरहेको छ भने शेखर पक्षको बैठक पूर्वपदाधिकारीको कोठामा बसिरहेको छ । भागवण्डा नमिल्दा अपरान्ह ४ बजे बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्न सकेको छैन ।