जनता टाइम्स

२३ पुष २०८०, सोमबार १६:५८

उम्मेदवारी दर्ताको बेला फेरिए एमालेका उम्मेदवार, सिंहको सट्टा झालाई बनाइयो उम्मेदवर


जनकपुर, पुस २३ । नेकपा एमालेले एक जना उम्मेदवार परिवर्तन गरेको छ । एमालेले पूर्वनिर्णयलाई सच्याउँदै मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको हो ।

उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ । झा जनकपुरधाम निवासी हुनुहुन्छ ।

सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।

एमालेले महोत्तरीका डा. सिंह र पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।