काठमाडौं, पुस २४ । नेपाल प्रहरीका १७ प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । गृह मन्त्रालयले आज सात वटै प्रदेशको प्रहरी प्रमुखसहित १७ डिआइजीको सरुवा गरेको हो ।
सरुवाअनुसार कोशी प्रदेशमा चन्द्रकुवेर खापुङ, मधेश प्रदेशमा यज्ञबिनोद पोखरेल, बागमती प्रदेशमा बिषुकुमार केसी रहनुभएको छ । यस्तै गण्डकी प्रदेशमा बिकाशराज खनाल, लुम्बिनी प्रदेशमा कुवेर कडायत, कर्णली प्रदेशमा लालमणि आचार्य र सुदुरशपच्मि प्रदेशमा रबिन्द्र केसीको सरुवा भएको छ ।
यस्तै प्रहरी महानिरीक्षकको सचिवालयमा भीम ढकालको सरुवा भएको छ ।














प्रतिक्रिया दिनुहोस्