काठमाडौं, पुस २४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ठूलो झडका लागेको छ ।
माधवका बिश्वास पात्र रहेका केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले आजबाट नेकपा एकीकृत समाजवादी परित्याग गर्नुभएको हो । गुरुङले आज अध्यक्ष नेपाललाई सम्बोधन गरी पार्टीबाट राजीनामा दिनुभएको हो ।
‘केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेशको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको हुँदा यो राजीनामा पेश गरेको छु,’ गुरुङले राजीनामा पत्रमा लेख्नुभएको छ । गुरुङ रुपन्देहीको मात्र नभई लुम्बिनी प्रदेशमै नेकपा एसका प्रभावशाली नेता मानिनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्