जनता टाइम्स

२५ पुष २०८०, बुधबार ०८:२८

प्रवासमा रहेका नेपालीको समस्या समाधानमा लाग्ने पूर्वमन्त्री गोकर्ण बिष्टको अठोट


खेमाराज सुवेदी/दोहा । पूर्व उर्जा, श्रम रोजगार तथा सामाजिक विकास मंत्री गोकर्ण विष्टले देश समृद्ध नहुँदा देश अन्तराष्ट्रिय स्तरका मन्चहरूमा सम्मानित नहुने बताउनु भएको छ ।

दोहा स्थित सम्सरा होटलको सभाहलमा प्रवासी नेपाली मन्च द्वारा आयोजित विदाई तथा परिचयात्मक कार्यक्रममा उक्त कुरा मंत्री विष्टले बताउनु भएको हो । उहाँले यहाँको नेपाली श्रमिकको अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएको तथा यहाँ देखिएका समस्याहरूको जस्ताको त्यस्तै नेपाल लगेर सम्बन्धित ठाउँमा राखेर समस्या समाधानको निमित्त आफूले सकेको गर्ने बताउनु भयो।

‘यहाँ भएका नेपाली श्रमिक हरूमा मैले निस्वार्थ रूपमा गरिने देश प्रेम भेटें, अनुशासित नेपाली भेटें जसले आफ्नो कुनै स्वार्थ नराखी देशको समृद्धिको निमित्त अहोरात्र निस्वार्थ भावले खटिरहनछन्, मेरो निम्ति यो राम्रो अनुभव भयो, मैले प्राप्त गरेका यी सबै कुरा म नेपालमा सबैसँग बाँड्ने छु,’ उहाँले भन्नुभयो ।

उहाँले देशलाई धनि बनाउन सकिएन भने देश सम्मानित हुन नसक्ने बताउनु भयो । ‘ बाँच्नु र जीवन जिउनु को बिचमा भिन्नता हुन्छ, हामीले जनताको जीवनलाई सार्थक बनाउने हो भने देशलाई धनी बनाउनै पर्छ अनि मात्र जनताले वास्तविक जीवन जिउन पाउँछन।’ सामरिक भूराजनैतिक कारणले नेपाललाई समृद्धि को लक्ष हासिल गर्न अलिक समस्या भए पनि अवसर समेत उति नै धेरै रहेको बताउनु भयो। एकातिर भारत तथा अर्को तर्फ चीन जस्ता विशाल जनसंख्या भएको देश भएको हुँदा त्यहाँका २०-२५ लाख नागरिकलाई पर्यटन मार्फत भित्र्याउन सकिने अवस्था समेत विद्यमान रहेको बताउनु भयो।

देशलाई द्रूत गतिको विकासको चरणमा लैजाने संकल्प निम्ति नेकपा एमाले संग मात्र रहेको कारण बहुमतको सरकार बनाएर राम्रा नीति नियमको निर्माण गर्दै देशलाई समृद्धिको बाटोमा हिंडाउन नेकपा एमालेलाई बहुमत चाहिने बताउनु भयो। अहिले सम्म भएका विकासका काम सबै नेकपा एमाले को सरकार हुँदा बनाएका योजनाहरू मात्र भएको समेत जिकिर प्रस्तुत गर्नुभयो । बहुमत ल्यानको निम्ति प्रवासी नेपाली हरूले चलाउने क्याम्पियनको ठूलो भूमिका हुने भन्दै देशको समृद्धिको आधार निर्माण गर्नआउने निर्वाचन मार्फत नेकपा एमालेलाई बहुमत दिलाउन आह्वान गर्नुभयो ।

पूर्वमन्त्री तथा सांसद  गोकर्ण विष्ट प्रावासी नेपाली मन्चले आयोजना गरेको मन्चको १९औं स्थापना दिवसलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न मंचको निमन्त्रणमा जनवरी ३ मा कतार आउनु भएको थियो । यहाँ हुँदा पूर्व मन्त्री गोकर्ण विष्टले प्रवासी नेपाली श्रमिक झरू द्वारा आयोजित विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरूमा प्रमुख वक्ताको रूपमा उपस्थिति जनाउनु भएको थियो ।

उक्त विदाई तथा परिचायत्मक कार्यक्रममा मन्चका अध्यक्ष प्रभात त्रिपाठी, अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोख्रेल तथा मध्येपूर्व इन्चार्ज कमलमणि गुरागाईंले आआफ्ना मन्तव्य मार्फत सचिव गोकर्ण मन्चको निमन्त्रणामा कतार आएर यहाँका श्रमिकका समस्याहरूका सम्बन्धमा सम्बोधन गरिदिएकोमा धन्यवाद व्यक्त गर्नभएको थियो ।