जनता टाइम्स

२५ पुष २०८०, बुधबार २१:१२

मदन पुरस्कार बिजेता पूर्वडिआइजी शाहलाई ३ बर्ष जेल सजाय


काठमाडौं, पुस २५ । भ्रष्टाचार आरोपमा दोषी ठहर नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले बुधबार शाहको कैद सजाय निर्धारण गरेको हो । क्षेत्रीय तालिम प्रहरी कार्यालय नेपालगञ्जमा प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर हुनुभएको थियो ।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । शाह मदन पुरस्कार विजेता साहित्यकार समेत हुनुहुन्छ ।