जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १५:३६

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न : कस्तो अबस्थालाई प्रेम भन्ने ? कस्तो अबस्थालाई बलात्कार ?


काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कारको बिषयमा कानूनी परिभाषा आवश्यक रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका कांग्रेस नेता भण्डारीले बलात्कारको नाममा निर्दाेष पनि सशकार हुन थालेको संकेत गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गर्नुभएको हो ।

भण्डारीका अनुसार बलात्कारको बिषयमा अव प्रष्ट कानूनी परिभाषाको आवश्यकता रहेको छ । नेता भण्डारीले भन्नुभएको छ, ‘बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ ।’

कस्तो अबस्थालाई प्रेम भन्ने ? र कस्तो अबस्थालाई बलात्कार ? भन्ने बिषयमा प्रष्टता जरुरी रहेको उहाँको तर्क छ । ‘बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँुदैन ? परिभाषाको आवश्यकता !!’ भण्डारीको भनाई छ ।