काठमाडौं, पुस २६ । बलात्कार अभियोगमा ८ बर्ष जेल सजाय तोकेपछि मर्माहत बनेका क्रिकेटर सन्दीप लामिछानेको फ्यानमाथि अर्काे आपत आइलागेको छ ।
क्रिकेटर सन्दीपलाई सजाय भएको निर्णयसँगै उग्र बनेर बलात्कृत युवतीको फोटो सामाजिक सञ्जालमा राखेपछि उनीहरुमाथि अर्काे आपत आइलागेको हो । बलात्कार पीडित गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई यतिबेला नेपाल प्रहरीको साइबर ब्युरो खोजतलास गर्न थालेको छ ।
सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजी गरेको हो । पीडितले ब्युरोमा उजुरी दिएपछि तस्बिर हाल्नेहरूको खोजीकार्य सुरू गरेको व्युरोका प्रवक्ता एसपी पशुपति रायले बताउनु भयो । उहाँले ब्युरोमा पीडितले उजुरी दिएलगत्तै तस्बिर हाल्नेहरूको खोजी कार्य अघि बढाइएको हो ।
गौशाला–२६ को जाहेरीमा क्रिकेटर सन्दीप लामिछानाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको छ । लामिछानेलाई जेल सजाय भएपछि सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्