जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार ०९:५०

बराहक्षेत्रमा जंगली हात्तीको आक्रमण बढ्यो, घाँस काटन गएका एक जनाको मृत्यु


सुनसरी, पुस २७ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ।

बराहक्षेत्र-५ सिमरवना ६९ भीमबहादुर बिष्टको चारकोसे जङ्गलमा घाँस काट्न गएको अवस्थामा हात्तीको आक्रमणमा परी मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताउनु भयो ।

भिमबहादुर बिहीबार घाँस काट्न जङ्गल गएका थिए। जङ्गलमा २७ वटा माउ ९ वटा बच्चा गरी ३६ हात्ती रहेको एसपी रेग्मीले जानकारी दिनुभयो ।

सुनसरीमा ठूलो संख्यामा जंगली हात्ती प्रवेश गरेपछि स्थानीय प्रशासनले बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिका लागायता बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ ।

स्थानीयले लगायको बालिनाली खान र जङ्गल क्षेत्रमा हात्तीको बथानले आक्रमण गर्ने भएकाले सर्वसाधारणलाई घाँस दाउरा काट्न जङ्गल नजानसमेत अनुरोध गरिएको एसपी रेग्मीले बताउनु भयो।