दाङ, पुस २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेल थारु समुदायका मुख्य पर्व माघीको कार्यक्रममा सहभागी हुनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१६ मा आयोजित माघी मिलन समारोहमा एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएकी आफ्नी जीवनसाथी सुजाता शाक्यसहित महासचिव पोखरेल सहभागी हुनुभएको हो । उहाँहरू मघौटा नाचमा समेत सहभागी हुनुभएको छ ।
नाचमा महासचिव पोखरेल मदरे अर्थात् मादल बजाउने व्यक्तिको रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै एमाले नेतृ एवं पोखरेलकी धर्मपत्नी शाक्य नचन्या अर्थात् नाच्ने व्यक्तिको भूमिकामा सहभागी हुनुभएको थियो ।
उहाँहरूले स्थानीयसँग कार्यक्रममा सहभागी भई रमाइलो गर्नुभएको छ । उहाँहरुलाई एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीसहितका थारु समुदायले साथ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्