काठमाडौं, पुस २७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माग्नेमा परिणत भएको स्वीकारोक्ति गर्नुभएको छ ।
पार्टी निकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो स्वीकारोक्ति गर्नुभएको हो । अध्यक्ष नेपालले अहिलेकै जस्तो मागेर बस्ने अवस्था भविश्यमा नहुने बताउनु भयो ।
‘अहिले हामीलाई सजिलो छैन । हामीलाई यति देउ भनेर मागेर बस्नु परेको छ, गठबन्धनलाई मात्रै भरोसा गरेर, मागेर जिताइदेलान भनेर बस्ने होइन । आफ्नो शक्ति बनाउने हो,’ नेपालले भन्नुभयो, ‘शाक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरुलाई हामीले होइन हामीलाई चाहिँ अरुले माग्ने स्थिति बनाउनुपर्छ ।’
नेपालले आफूहरुलाई एमालेले सिध्याउन खोजेको दुखेसो पनि गर्नुभयो । ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तीनिहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन,’ नेपालको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्