काठमाडौं, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको टुंगो लगाउन प्रमुख दलहरुलाई सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संसदमा रहेका प्रमुख तीन दलका प्रमुख नेतासँग आज शीतलनिवासमा छलफल गर्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिनुभएको हो ।
शीर्ष नेताहरुसँगको छलफलमा पीडितले न्याय पाउने अवस्थालाई मुख्य बनाएर शान्ति प्रक्रिया टुंग्याउनु पर्ने उहाँको भनाई थियो । दलहरुबीच संक्रमणकालिन न्यायको बिषयमा सहमति जुटन नसकीरहेको बेला राष्ट्रपति पौडेलले आज प्रमुख तीन दलका शीर्ष नेतालाई शीतलनिवास बोलाउनु भएको हो ।
राष्ट्रपतिको आमन्त्रणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
भेटमा राष्ट्रपति पौडेलले देशमा समसामयिक समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न दलहरुलाई सुझावसमेत दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्