काठमाडौं,पुस २७ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्कने लहर ह्वात्तै बढेको छ ।
माधव नेपालको नेतृत्वमा पार्टी चल्न नसक्ने निश्कर्षसहित सो पार्टीका नेता कार्यकर्ता एमालेमै फर्कने क्रम बढेको हो । यही क्रममा एमालेले अघि बढाएको घर फर्क अभियान अन्तर्गत आज काठमाडौंका प्रभावशाली नेता कार्यकर्ता एमाले फर्कएका छन ।
नेकपा एकीकृत समाजवादीका काठमाडौ महानगर १९ वडा कमिटी अध्यक्ष प्रतीक खड्गीको नेतृत्वमा प्रभावशाली नेताहरु एमाले फर्कनु भएको हो । सो अवसरमा १९ वडा कमिटी नै एमालेमा बिलय भएको छ ।
एमाले फर्कनुभएका नेताहरुले माधव नेपालको भुलभुलैयामा लागेर एमाले त्यागेकोमा पश्चाताप गर्दै पुरानै घर फर्किएको बताउनु भयो । खडगीसहितका नेताहरुले नेकपा एसका सवै नेता कार्यकर्ता अव भ्रममुक्त भएर एमालेमा फर्कन अपिल पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्