जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार २३:०७

राप्ती नदीमा खस्यो यात्रुबहाक नाइट बस


दाङ, पुस २७ । दाङको राप्ति गाउँपालिका १ स्थित राप्ती पुलबाट बस खसेको छ ।

बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।इलाका प्रहरी कार्यालय भालुबाङको सञ्चार शाखाले बस खसेको पुष्टि गरेको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी टोलीले उद्धार जारी राखेको छ । केही घाइतेलाई अस्पताल लगिएको प्रहरीको भनाई छ । बसमा ३०र३५ जना सवार रहेको अनुमान प्रहरीको छ ।